डाेल्पामा छब्बीस दिन देखि अवरुद्ध हवाईसेवा सुचारु

हिमाली जिल्ला डाेल्पाकाे जुफाल विमानस्थलमा हवाइसेवा सुचारु भएको छ। हवाइसेवा अवरुद्ध भएको छब्बीस दिनपछि सुचारु भएको हाे।

माैसम खुलेसँगै झन्डै एक महिनापछि आजबाट हवाईसेवा सुचारु भएकाे समिट एयर डाेल्पाका प्रमुख पुर्णजंग शाहीले बताएका छन्।

बर्षायाम सुरु भएसँगै माैसममा आएकाे खराबिका कारण उडानहुन नसकेकाे शाहीकाे भनाई छ।

हवाई उडान सुचारू भएसँगै नेपालगञ्ज विमानस्थल देखि तारा एयरले एउटा उडान भरेकाे छ।

उडान भरेपछि महिना दिन देखि नेपालगञ्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रुहरु गन्तव्यमा पुग्न पाएकाछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाे नयाँ नियमसँगै पनि कर्णालीका हिमाली जिल्लामा सहज उडानमा समस्या भएकाे बताइएको छ।

प्रकाशित मिति: : 2023-08-16 07:59:00

प्रतिकृया दिनुहोस्