अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा आयोजक राष्ट्र अस्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार अस्टे«लियाको सिड्नीमा भएको खेलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई ३-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। इंग्ल्याण्डको लागि खेलको ३६औँ मिनेटमा एला टुनले गोल गर्दै अग्रता दिलाएकी थिइन्। यता,अस्ट्रेलियाको लागि कप्तान सामन्था खेरले गोल गरेर खेल १-१ को बराबरीमा ल्याइन्।
त्यस्तै, इंग्ल्याण्डको लागि लौरेन हेम्पले खेलको ७०औँ मिनेटमा गोल गरे खेलाई २-१ मा ल्याइन्। ८६औं मिनेटमा एलेसिया रुसोले गोल गरेर इंग्ल्याण्डलाई सफलता दिलाइन्।
अब महिला विश्वकप उपाधिको लागि स्पेन र इंग्ल्याण्ड बीच अगस्ष्ट २० मा प्रतिस्पर्धा हुनेछ।