नेपाली कांग्रेसका नेता शेखर कोइराला सुन्धारास्थित केन्द्रीय कारागार पुगेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाँणलाई भेट्न उनी आज कारागार पुगेका हुन्। उक्त भेटमा कोइराला र खाँणबीच एक घण्टा छलफल भएको बताइएको छ।