सिंजामा नदीले बगाउँदा बालुवा उतार्न गएकी बालिकाको मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

जुम्लाकाे सिंजा कनकासुन्दरी गाउँपालिका- ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएकाे छ।

मृत्यु हुनेमा कनकासुन्दरी- ६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेकाे स्थानीय कर वर्डले जानकारी दिए।

उनकाअनुसार मृतक बालिका हिमा नदीकाे लाैडीसेन भन्ने ठाउँनेर बालुवा उतारिरहेकी थिइन्। त्यहिबेला नदीका छालले चिप्ल्याएर उनकाे मृत्यु भएकाे हाे।

‘नदीले लाैडीसेबाट तीन सय मिटर तलसम्म बगाएपछि बालिकाकाे मृत्यु भयाे,’ उनले भने, ‘नदीकाे बहाव अध्याधिक बढेकाे हुनाले बालिका बचाउन सकिएन।’

मृतक बालिका पाण्डवगुफा मा.वि. काेटघरमा १० मा अध्ययनरत छात्रा भएकाे कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामाेदर आचार्यले बताए।

‘अहिले लास काेटघर स्वास्थ्य चाैकीमा राखिएकाे छ,’ उनले भने,‘उनकाे पाेष्ट माटमकाे लागि जिल्लाबाट टाेली आउँदैछ।’

प्रकाशित मिति: : 2023-08-17 15:59:00

प्रतिकृया दिनुहोस्

    यो त स्तानिय सरकारले ध्यान दिनुपर्ने हो स्तानिय सरकारले सूचना पहिला नै दिनुपर्ने हो।

    • 8 महिना अगाडि
    • दल सिंह सुनार