स्विडेनले आयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै फिफा महिला विश्वकपको तेस्रो स्थान हासिल गरेको छ।
शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालमा भएको खेलमा अष्ट्रेलियालाई २-० ले हराउँदै स्विडेनले महिला विश्वकपको तेस्रो स्थान हासिल गरेको हो। स्विडेनको लागि खेलको ३०औं मिनेटमा रोल्फोले पेनाल्टी मार्फत गोल गरेर स्विडेनलाई अग्रता दिलाएकी थिइन्।
त्यस्तै, अस्लानीले खेलको ६२औँ मिनेटमा गोल गरेर स्विडेनलाई सफलता दिलाइन्। स्विडेन स्पेनसँग सेमिफाइनलमा २-१ ले पराजित भएको थियो भने अष्ट्रेलियाया इङ्ल्यान्डसंग ३-१ ले पराजित भएको थियो।
महिला विश्वकप उपाधिको लागि आइतबार स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।