डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस

हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द सिफारिस गरिएको छ।

शनिबार जिल्लास्थित सरोकारवाला व्यक्तिहरुको स्थलगत अनुगमनबाट विमानस्थल बन्द नागरिक उड्ययन प्राधिकरण काठमाडाैँलाई सिफारिस गर्ने निर्णय गरिएकाे हाे।

विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटहरुबाट बारम्बार आएपछि स्तरउन्नती गर्नका लागि विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्ययन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियले जानकारी दिए।

विमानस्थल स्तरउन्नतीका लागि बोलपत्र आह्वान भएर पनि निर्माण कम्पनीले जिम्मा लिइसकेकाे भदौ १० गतेदेखि असोज १० गतेसम्म विमानस्थल बन्द गर्न सिफारिस गरिएको उनले बताए।

डोल्पालीका लागि यातायातको भरपर्दो साधनको रुपमा रहेको जुफाल विमानस्थल स्तरउन्नती गर्नका लागि एक महिना बन्द हुनेछ।

स्थलगत अनुगमनमा विमानस्थल प्रमुख अमित चौरासिया, ठुलिभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, शसस्त्र प्रहरी नायव उपरीक्षक लिलाबहादुर कार्की, प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेललगायत एयरलाइन्सका प्रमुख तथा स्थानीय सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो।

विमानस्थलको एक सय पचासी मिटर स्तरउन्नती गर्नुपर्ने र त्यसको जिम्मा आजीवन मरिन तामाङ्ग जेभी धादिङले मुल्य अभिवृद्धि करसहित ६ करोडमा लिएको नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-08-19 18:48:00

प्रतिकृया दिनुहोस्