प्रतिनिधिसभा बैठक बस्दै, अवरोध नगर्ने एमालेको वाचा

प्रतिनिधिसभा बैठक आज (मंगलबार) बस्दै छ। बैठक दिउँसो ३ बजे बस्न लागेको हो।

सुन कान्डको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० देखि निरन्तर अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो।

सुन कान्डको अनुसन्धानको लागि छानबिन समिति बनाउन दलहरु सहमत भएपछि एमालेले बताएको छ। सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरुको बैठकमा सुन कान्डको अनुसन्धानको लागि छानबिन समिति बनाउने र एमालेले संसद अवरोध नगर्ने सहमति भएको थियो।

कार्यसूची :

प्रकाशित मिति: : 2023-08-22 09:02:00

प्रतिकृया दिनुहोस्