संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ।
पक्षाघातले थलिएका उनका बुबा हर्कबहादुर राईको आज उपचारका क्रममा निधन भएको हो।
मृत्युबारे मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
‘भखरै बुबाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो! उप्रान्त बुबा आमा त रहनुभएन रह्यो त केवल खिचि छोडेको तस्बिर आँखामा,’ किराँतीले फेसबुकमा लेखेका छन्।