धादिङकाे बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त, उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन 

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङकाे गजुरीमा भएकाे बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।

बुधबार बिहान बस दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले घाइते यात्रुहरूको स्वास्थ्यलाभको कामना गरेका छन्।

साथै उनले उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायतलाई निर्देशन दिएका छन्।

‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु’ उनले भने, ‘साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।’

बुधबार बिहान काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियाे।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइतेको उद्धार गरिएको छ। अन्यको खोजी कार्य जारी छ। 

प्रकाशित मिति: : 2023-08-23 13:19:00

प्रतिकृया दिनुहोस्