बर्दियाका विभिन्न कार्यक्रममा सहभागी भइन् आरजु

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवा शुक्रबार बर्दियामा रहेको ठाकुर बाबा मन्दिरको आरतिमा सहभागी भएकी छन्।

कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले बर्दियामा शुक्रबार नै कार्यकर्ता भेटघाट समेत गरेकी छन्।

कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेतृ डा.राणा देउवाले भनिन्, 'जनताको सहजताका लागी छोटी भन्सार नाका व्यवस्थित गराउने प्रयास गर्नेछु।' साथै डा.राणा देउवाले संगठन निर्माण र क्रियासिल सदस्यता वितरणका विषयमा समेत भनाई राख्दै क्रियासिल सदस्यहरु नै पर्टीको जग भएको बताएकी थिइन्।

नेपाली कांग्रेस बर्दियाको आयोजनामा ठाकुरद्वारामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बर्दिया कांग्रेसका सभापति अरुणप्रकाश सिंह राठौरले जिल्लाको संगठन र विकास निर्माणको विषयमा प्रकाश पारेका थिए।

कांग्रेस केन्द्रिय सदस्य रहेकी डा. देउवाले आफ्नो बाल्यकाल्य बिताएको स्मरण गर्दै बर्दियाका कार्यकर्ताहरुबीच आत्मियता रहेकाले यहाँको विकास निर्माणमा आँफुले सक्दो सेवा गर्ने बताएकी थिइन्।

भेटघाट कार्यक्रममा कार्यकर्ताहरुले पार्टी प्रशिक्षणको कार्यक्रम आबश्यक रहेको बताएका थिए। त्यसैगरी जब्दि पुलको निर्माणका लागी पहल गरिदिन आग्रह गरेका थिए।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाह र प्रदेश मन्त्री प्रकाश देउवा लगाएतका नेताहरुको उपसथिति रहेको थियो।

प्रकाशित मिति: : 2023-08-25 19:49:00

प्रतिकृया दिनुहोस्