प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनैतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रहेको बताएका छन्।
मंगलबार संसदमा प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रममा सहभागी हुँदै एमाले सांसद ईश्वरी जीएमले सोधेको प्रश्नकाे जवाफमा प्रचण्डले यस्तो बताएका हुन्।
उनले इतिहासको हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुने बताए। विकास हुन नसकेको भन्ने सांसद जीएमको प्रश्नमा प्रचण्डले कर्णाली, सुदूरपश्चिम तथा रोल्पाजस्ता जिल्लालाई विशेष प्राथमिकता राखिएको बताए।
प्रचण्डले सहिद मार्गलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि जानकारी दिए। घोराही-होलेरी ३१ किलोमिटर सडकको सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। साथै घोराही–होलेरी सडकखण्डमा वैकल्पिक सडक बनाउनका लागि छलफल गर्ने बताए।