नेपाल आइपुगे एमसीसी उपाध्यक्ष, भोलि कार्यान्वयनको घोषणा हुने

Photo - ukeraa
Photo - ukeraa

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपाल आइपुगेका छन्।

उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपालमा एमसीसी औपचारिक कार्यन्वयनमा जाने अघिल्लो दिन नेपाल आएका हुन्। करीब ७० करोड डलरको एमसीसी परियोजनाको भाेलि बुधबार कार्यान्वयनको घोषणा गर्ने तयारी छ।

नेपालकाे संघीय संसदले अनुमोदन गरेको १८ महिनापछि एमसीसी कार्यान्वयनमा जान लागेको हाे।

प्रकाशित मिति: : 2023-08-29 18:07:00

प्रतिकृया दिनुहोस्