बोदे बर्साइन नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

File Photo
File Photo

सप्तरीका बोदे बर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह, निमित्त प्रशासकीय अधिकृत घनश्याम यादवलगायत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनीहरुले बाख्रा पकेट कार्यक्रममा भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए।

उनीहरुले बाख्रा पकेट कार्यक्रमका नाममा १४ लाख ७१ हजार ९२१ रुपैयाँ भ्रष्टाचार गरेको र त्यसको बिगो माग दाबी गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति: : 2023-08-30 14:42:00

प्रतिकृया दिनुहोस्