एमसीसी आजदेखि कार्यान्वयनमा, अर्थमन्त्री र एमसीसी उपाध्यक्षले गरे औपचारिक घोषणा 

File Photo
File Photo

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  परियोजना आजदेखि कार्यान्वयनमा गएको छ।

सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी कार्यान्वयनको पत्र आदानप्रदान गरी कार्यान्वयनमा गएको औपचारिक घोषणा गरेका हुन्।

आजदेखि सुरु भएको एमसीसी परियोजना पाँच वर्षमा सक्नुपर्ने छ। एमसीसी परियोजनाबाट विद्युत विस्तारका लागि ४०० केभीको प्रसारण लाइन र सडक मर्मतको काम हुनेछ।

डा. महतले एमसीसी परियोजना शुभारम्भ गर्न पाउँदा खुशी लागेको बताए। एमसीसी परियोजनाबाट जनता लाभान्वित हुने उनको भनाइ छ।

यस्तै अमेरिकी राजदुत डीन थम्पसनले ७५ वर्षदेखिको नेपाल अमेरिकोको मैत्रीपूर्ण सम्बन्धको उत्साहवर्द्धक कोशेढुंगा एमसीसी भएको बताए। उनले यसले नेपालको दीर्घकालीन समृद्धि बनाउने बताए।

प्रकाशित मिति: : 2023-08-30 15:09:00

प्रतिकृया दिनुहोस्