बजारमा आउँदै गरको आइफोन–१५को यस्ता छन् विशेषता

Photo: HT Tech
Photo: HT Tech

‘मेक इन इण्डिया’ को पहलका कारण भारतमा पहिलो पटक सुरु गरिएको आइफोन–१५ अब छिटैँ सार्वजनिक (लन्च) हुँदैछ।

भारतीय मिडिया रिपोर्टकाअनुसार एप्पलको चार उपकरणहरू आइफोन १५, आइफोन १५ प्लस, आईफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लन्च हुँदैछ। 

विशेषगरी यहाँ आइफोन १५ कुन–कुन कलरमा उपलब्ध हुन्छ? र्‍याम र स्टोरेज कति छ? डिजाइन कस्तो हुन्छ? प्रोसेसर, ब्याट्री तथा चार्जिङ प्रविधिका बारेमा उल्लेख गरिएको छ। यद्यपि कम्पनीले अहिलेसम्म आइफोन १५ को लन्च बारेमा आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन। 

भारतीय सञ्चारमाध्यममा उल्लेख सूचनाका आधारमा सेप्टेम्बर १२ वा १३ तारिखमा आइफोन १५ सार्वजनिक हुँदैछ। त्यस्तै सेप्टेम्बर २२ देखि आइफोन बिक्री खुला हुन सक्नेछ। 
 
यस्ता छने आइफोन –१५ का बिशेषता

रिपोर्ट अनुसार कम्पनीले आइफोन १५ र आइफोन १५ प्लस आइफोन १४ प्रो जस्तै ४८ मेगापिक्सेल प्राइमरी रियर क्यामेराको साथ सार्वजनिक गर्न सक्ने छ। यसैगरी आइफोन १५ प्रो र प्रो म्याक्स पनि पहिले भन्दा पातलो भएर आउनेछन्। 

अघिल्लो आइफोन १५ प्रो मोडेलको तुलनामा, हाइ एण्ड मोडेलमा नयाँ बेजेलहरू थपिएको छ। विशेषगरी उक्त फोनहरु मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क कलरमा उपलब्ध हुनेछ। 

जानौँ अन्य थप बिशेषहरुबारेः

स्क्रिन साइज

आइफोन १३ मिनिलाई विस्थापित गर्दै आइफोन १४ मा प्लस मोडेल परिचित गराइएको थियो, जसमा ५.४ इन्चको स्क्रिन साइज बढाएर ६.७ इन्च कायम गरियो। आइफोन १४ प्लसलाई नयाँ साइज तथा फिचरहरू दिइए पनि अपेक्षित व्यापार भने हुन सकेको छैन। 

यसलाई पूर्णता दिँदै कम्पनीले आइफोन १५ मा ६.१ इन्च डिस्प्ले र आइफोन १५ प्लसमा ६.७ इन्च डिस्प्ले उपलब्ध गराउने भएको छ।

डिस्प्ले फिचरहरू

आइफोन १५ मा हुनसक्ने सबैभन्दा महत्त्वपुर्ण परिवर्तनमध्येको एक हो, सबै मोडेलमा डाइनामिक आइल्याण्ड। एप्पलले स्टान्डर्ड सिरिज र प्लस वा मिनी सिरिजमा खासै धेरै बदलाव ल्याउँदैन। नयाँ सिरिजका बेस मोडेमा भने आइफोन १४ प्रोको जस्तो नच हटेर डाइनामिक आइल्याण्ड समावेश हुनेछ।

आइफोन १५ र आइफोन १५ प्लसले डाइनामिक आइल्याण्ड पाए पनि आइफोन १५ प्रो र प्रो म्याक्स जस्तो फिचर पाउन नसक्ने अनुमान गरिएको छ।

नयाँ सिरिजको बेस मोडेलमा प्रयोग हुने प्रोमोसन डिस्प्ले प्रविधिले गर्दा त्यसमा १ हर्जदेखि १२० हर्जसम्मको रिफ्रेश रेट हुनेछ। तर, आइफोन १५ को बेस मोडेलमा भने अलवेज अन डिस्प्लेको विकल्प नरहने बताइएको छ।

 यूएसबी–सी

आइफोनको नयाँ सिरिजमा आउने सबैभन्दा प्रमुख परिवर्तनमध्येको अर्को फिचर हो, टाइप–सी पोर्ट सपोर्ट। एप्पलले युरोपेली संघको नीति मान्दै नयाँ सिरिजमा टाइप–सी पोर्ट समावेश गर्ने घोषणा गरेको छ।

यसको अर्थ अब आउने नयाँ सिरिज अर्थात आइफोन १५ र आइफोन १५ प्लसमा टाइप–सी पोर्ट समावेश हुनेछ।

क्यामेरा

बाहिरिएका जानकारीमा बेस मोडेलमा हुनसक्ने क्यामेरा अपडेटका बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन। आइफोन १४ मा भने कम्पनीले आकर्षक फोटोका लागि फोटोनिक इन्जिन समावेश गरेको थियो। आइफोन १५ मा पनि क्यामेरा अपग्रेड हुनसक्ने विश्लेषण भएको छ। 

पर्फर्मेन्स

आइफोन १५ र आइफोन १५ प्लसमा ए–१६ बायोनिक चिप प्रयोग हुने भएको छ। ए १६ बायोनिक चिप आइफोन १४ प्रो र प्रो म्याक्स मोडेलमा प्रयोग भएको चिप हो। कम्पनीले हरेक पटक पुरानो प्रो मोडेको प्रोसेसर नयाँ सिरिजको बेस मोडेलमा समावेश गर्ने गर्छ।

र्‍याम तथा स्टोरेज

आइफोन १५ मा एप्पलले उपलब्ध गराउने उच्चतम र्‍याम ६ जीबी हो। तर, ८ जीबी र्‍याम उपलब्ध गराउन सक्ने सम्भावना पनि उत्तिकै हुनेछ।

इन्टर्नल स्टोरेजको सन्दर्भमा यो वर्ष एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्समा २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी इन्टर्नल स्टोरेज उपलब्ध गराउने अपेक्षा गरिएको छ।

आइफोन १५ ब्याट्री र चार्जिङ

यसो त एप्पलले ब्याट्री क्षमताको बारेमा त्यति जानकारी दिँदैन। तर, लिकरहरूले विभिन्न स्रोतबाट नयाँ मोडेलमा हुने ब्याट्री क्षमता लिक गरिरहेका हुन्छन्। उनीहरूका अनुसार आइफोन १५ मा ३८७७ एमएएच क्षमताको ब्याट्री हुनेछ भने १५ प्लसमा ४९१२ एमएएच क्षमताको ब्याट्री हुनेछ। 

आइफोन १५ प्रोमा ३६५० एमएएच र आइफोन १५ प्रो म्याक्समा ४८५२ एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ। यी दुई मोडेलमा मात्र यूएसबी–सी पोर्ट उपलब्ध हुने सम्भावना छ। 

आइफोन १५ को मूल्य 

आइफोन १५ लाइनअपको मूल्य अघिल्ला मोडेलहरूको तुलनामा केही बढी हुने चर्चा छ। लिक गर्ने विभिन्न स्रोतलाई आधार मान्ने हो भने आइफोन १५ को मूल्य ७९९ डलर, आइफोन १५ प्लसको मूल्य ८९९ डलर, आइफोन १५ प्रोको मूल्य १०९९ डलर र आइफोन १५ प्रो म्याक्सको मूल्य १२९९ डलरबाट सुरु हुने छ।

प्रकाशित मिति: : 2023-08-31 18:42:00

प्रतिकृया दिनुहोस्