पूर्व युवराज पारस अस्पताल भर्ना

पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा खराबी आएपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो। 

उनको मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ। यसअघि पनि उनलाई यस्तै समस्या देखिँदै आएको छ। उनको मुटुमा आइसिडी राखिएको छ। 

पारस अस्पताल भर्ना भएपछि उनकी श्रीमती हिमानी, बुवा ज्ञानेन्द्र शाहलगायत परिवारका सदस्य पनि अस्पताल पुगेका छन्। 

अस्पताल स्रोतका अनुसार उनलाई २४ घण्टासम्म चिकित्सकीय सुपरीवेक्षणमा राखिनेछ।

प्रकाशित मिति: : 2023-09-01 19:06:00

प्रतिकृया दिनुहोस्