‘झण्डाप्रेमी’ बालेनकाे सहरमा झण्डाकै ‘अपमान’ (भिडियाेसहित)

फाेटाे/भिडियाे : रविन पुन मगर
फाेटाे/भिडियाे : रविन पुन मगर

तीनकुने चोक काठमाडौंको व्यस्त चोकमध्ये एक हो। चक्रपथमा पर्ने यो चोकबाट काठमाडौंका धेरैजसो ठाउँमा जान सकिन्छ।

पश्चिमतर्फ एयरपोर्ट, गौशाला हुँदै नयाँ बसपार्कसम्म पुग्न सकिन्छ। पूर्वतर्फ कोटेश्वर हुँदै भक्तपुर र अर्को चक्रपथअन्तरगत ग्वार्को, सातबाटोतर्फ जान सकिन्छ।

यही तीनकुने चोकबाट नयाँ बानेश्वर हुँदै कालीमाटी तथा रत्नपार्कतर्फ पनि जान सकिन्छ। भित्री सडकबाट विभिन्न ठाउँ जान सकिन्छ।

यी विभिन्न रुटमा आवतजावत गर्ने नागरिकको स्वागतस्वरुप तीनकुने चोकमा नेपालको झण्डा फरराइएको छ। तर, अहिले झण्डा फरफराउँदैन।, त्याे झण्डा हिजाे रातिदेखि च्यातिएकाे छ। झण्डाको बेहाल छ। नागरिकको स्वागतस्वप फरफराउने झण्डा च्यातिएको छ। टुक्रिएको छ। अर्थात्, झण्डाको यहाँ अपमान गरिएको छ।

तीनकुने चोकबाट काठमाडौं महानगरपालिका हाँकिरहेका महानगरका मेयर बालेन्द्र साह (बालेन)को निवास पश्चिमतर्फ नजिकै छ। बालेन उनै हुन्, काठमाडौंमा स्वतन्त्र रुपमा मेयरमा उठ्दा नेपालको झण्डा काँधमा बाकेर प्रचारप्रसारमा हिँडेका थिए।

पार्टी नभएपछि बालेनले प्रेमपूर्वक नेपालको झण्डा बोकेका थिए। उनका समर्थकले पनि नेपालकै झण्डा बोकेर प्रचारप्रसार गरेका थिए। बालेनमात्र होइन। स्वततन्त्र रुपमा उठ्ने अन्य उम्मेदवारले पनि नेपालकै झण्डा बोकेर नागरिकको सेन्टिमेन्ट क्याच गर्न उद्धत भए। अहिले पनि हुन्छन्। यद्यपि, झण्डा कसैले छातीमा, काँधमा बोक्ने पाउने कि नपाउने विवाद भने हुनेगर्छ।

तीनकुने चोकमा नेपाललाई चिनाउने गरी झण्डा राखिएको छ। तर, त्यो झण्डा टुक्रिएको, च्यातिएर धुजाधुजा भएर फरफराउने अवस्थामा छैन। यो झण्डाको बेहाल काठमाडौं महानगरका मेयर बालने देख्छन् न संघीय सरकार मन्त्री, सांसद तथा सरकारी निकायका अधिकारी नै।

यही चोक भएर दैनिक केन्द्रीय सरकारका मन्त्री, सांसददेखि काठमाडौं महानगरका जनप्रतिनिधि यात्रा गर्छन्। सरकारी निकाएका अधिकारीहरु यही बाटो प्रयोग नगर्ने भन्ने कुरै भएन। तर, ध्यान कसको जाने ? कसैले पनि झण्डा फेर्नुपर्छ भन्नेमा ध्यान दिएका छैनन् र त, हिजाेदेखि झण्डा च्यातिएको, टुक्रिएको अवस्थामा मन नलगाएर फरफराइरहेको छ।

संविधानतः नेपालको झण्डालाई अपमान गर्न पाइदैन। राष्ट्रिय झण्डासम्बन्धी कार्यविधि २०६९ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ।

तर, काठमाडौंको व्यस्त चोकमा झण्डाको अवस्था बेहाल बनाउने निकाय मौन छ। अब प्रश्न छ– च्यातिएको, टुक्रिएको झण्डा कहिलेसम्म अपमानित भएर फरफराइरहन्छ ? यो झण्डा झुण्ड्याउने निकायका कहाँ छ ? झण्डा राख्ने निकायकाले झण्डाको अपमान भएको नदेखेको कि नदेखे झै गरेको ?

भिडियाे :

प्रकाशित मिति: : 2023-09-07 17:10:00

प्रतिकृया दिनुहोस्