एसियाली खेलकुद: नेपाल माल्दिभ्स र मंगोलियासँग भिड्ने

एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ।

बहराइनले एसियाली खेलकुद प्रतियोगिताबाट नाम फिर्ता लिएपछि पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको हो। नेपाल सहित समूह ए मा माल्दिभ्स र मंगोलिया छन्। समूह बी मा समूह ‘बी’मा कम्बोडिया, जापान र हङकङ, समूह ‘सी’मा मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन्।

यसअघि नेपाल जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो। नेपालले १० असोजमा मंगोलियाविरुद्ध र १४ असोजमा माल्दिभ्सविरुद्ध खेल्नेछ।

प्रकाशित मिति: : 2023-09-12 16:29:00

प्रतिकृया दिनुहोस्