भारत एसिया कपको फाइनलमा

photo: Agency
photo: Agency

भारत पाकिस्तान र श्रीलंकामा जारी एसिया कपको फाइनलमा पुगेको छ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा मंगलबार श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत सुपर फोरबाट फाइनलमा पुगेको हो।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो।

श्रीलंकाका दुनिथ वेललेजले अविजित ४२, धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए पनि जितको लागि पर्याप्त भएन।

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २र२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए। केएल राहुल ३९, इसान किसान ३३, अक्षर पटेलले २६, शुभमन गिल १९ रन बनाए।

भारतले अब बिहीबार पाकिस्तान र श्रीलंकाबीच हुने खेलको विजेता टोलीसँग आइतबार फाइनल खेल खेल्नेछ।

याे सँगै एसिया कपकाे फाइनल खेल पनि श्रीलंकामा हुने निश्चित भएकाे छ। यस पटककाे एसिया कपकाे आयाेजक पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न नजाने अडान लिएपछि भारतसँगका खेल सबै श्रीलंकामा भइरहेका छन्।

अब भारत फाइनलमा पुगिसकेकाेले उपाधि भिडन्त पनि श्रीलंकामै हुनेछ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपाल भने पाकिस्तान र भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको छ।

प्रकाशित मिति: : 2023-09-13 06:34:00

प्रतिकृया दिनुहोस्