नुन बोक्दाबोक्दै बा बित्नुभयो, बाटो नबिराई हिँडेकाले म यहाँसम्म आइपुगेँ

शिलापत्र

सागर गैरे

आज कुशे औँसी अर्थात्, बाको मुख हेर्ने दिन ।

म बाले भोगेको जीवन र तत्कालीन समाजबारे यो ब्लगमा चर्चा गर्दैछु ।

मेरा बा घनश्याम गैरेले देखेको, भोगेको र सुनेको झण्डै एक सय वर्षअघिको पाल्पा-गण्डक क्षेत्रको समाजबारे लेख्दैछु। 

०००

मान्छेले अनेक हण्डर, ठक्कर खान्छ । अपमान भोग्छ । खुसीका लागि धेरै दुःखहरू भोग्छ । जिन्दगी भन्नु यस्तै रै’छ । आमाबा भनेका जिउँदा भगवान् हुन् । यद्यपि मेरो र रुकाको भाग्यमा बाआमाको माया लामो समयका लागि लेखिएको रहेनछ । 

मान्छेले अगाडिको भाग देखेर आज पाइयो भनेर मात्रै हुँदैन । पछिको भाग पनि हेर्न सक्नुपर्छ । आजको सजिलो बाटोले भोलि भिरमा पुर्‍याएर छोड्न सक्छ । 

प्रकाशित मिति: : 2023-09-14 10:14:00

प्रतिकृया दिनुहोस्