पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कपको बाँकी खेल गुमाउने भएका छन्।
सुपर फोर अन्तर्गत भारतविरुद्धको खेलमा बलिङ गर्दा उनलाई चोट लागेका थियो। उनको स्थानमा जमान खानले खेल्ने छन्। जमान टोलीसँग समावेश भएर अभ्यास थाली सकेका छन्। पाकिस्तानले आज फाइनल प्रवेशको लागि श्रीलंकासँग खेल्दै छ।