एसियन गेम्स: पुरुष भलिबल टोली बहराइनसँग पराजित

चीनको हाङझाउमा सुरु १९औँ एसियाली खेलकुद अन्तर्गत नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बहराइनसँग पराजित भएको छ।

मगंलबार भएको खेलमा नेपाल बहराइनसँग  ३–१ को सेटमा पराजित भयो। पहिलो सेट २५–२० ले जित निकालेको नेपालले दोस्रो सेटमा २५(२० ले पछि परेको थियो। तेस्रो सेट २५-१८ र चौथो सेटमा २५-१५ ले बहराइन विजयी हो। नेपालले पहिलो खेलमै  हार व्यहोरयो।

नेपालले अब बुधबार इरानको सामना गर्नेछ।

प्रकाशित मिति: : 2023-09-19 15:38:00

प्रतिकृया दिनुहोस्