नेपाल पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा अस्पताल पुर्याएकाे छ।
सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली शर्मिला चौधरीलाई लागेर गम्भीर घाइते भएकी हुन्। काठमाडौँ महानगरपालिका–४ पञ्चकन्या स्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएकाे छ।
पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। घटना हुँदा असई लक्ष्मण डेरामा थिएनन्।
सर्मिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ।