छिन्नमस्ता मन्दिरमा महागङ्गा आरती सुरू हुने

प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा शुक्रबार साँझदेखि महागङ्गा आरती सुरू हुने भएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरू हुने मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन्।  प्रत्येक दिन गर्नेगरी महागङ्गा आरती सुरु गर्न लागिएको उनले बताएका छन्।

महाआरतीमा दैनिक पाँच जना संलग्न हुनेछन्। उनीहरूलाई भारतको बनारस र कुशेश्वर स्थानबाट आरतीसम्बन्धी विशेष तालिम दिइएको पीठाधीश ठाकुरले बताएका छन्।

उनका अनुसार देशको अन्य ठाउँभन्दा विशेष तरिकाले यहाँ गङ्गा आरती सुरू गरिने छ। छिन्नमस्ता मन्दिरमा दसैँको बेला ठूलो मेला लग्ने गर्छ।

प्रकाशित मिति: : 2023-09-28 23:18:00

प्रतिकृया दिनुहोस्