मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो। ती मध्ये तीन जनाको मृत्यु भएको हो।

बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए। 

घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो।

उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन्। 

घाइते दुवैको पालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। बसले थाहानगरका उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ। 

बस पैदलयात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो।

प्रकाशित मिति: : 2025-05-27 11:02:00

प्रतिकृया दिनुहोस्