युवा संघ महाधिवेशन:  नेतृत्व चुन्न मतदान सुरु

नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन्। उनीहरूले नै पहिलाे भाेटिङ गरेका छन्। थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन्।

निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ।  

प्रकाशित मिति: : 2025-05-27 10:53:00

प्रतिकृया दिनुहोस्