डीभी परेर पनि पाएनन् ५४३ नेपालीले अमेरिकी भिसा

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

नेपालीको अमेरिकी सपना साकार पार्ने भाग्यशाली डीभी चिठ्ठा परेर पनि पाँचसय ४३ डीभी विजेताले अमेरिकाको भिसा नपाएको खबर बाहिरिएको छ । यो समाचारसँगै अमेरिकाको डीभी चिट्ठाले भाग्यमानी  बनाए पनि अन्तत: उनीहरू अमेरिकी भिसा नलागेर अभागी सावित भएका छन्।

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार  सन् २०२३ का लागि तीनहजार आठसय आठ नेपालीलाई डीभी परे पनि तीनहजार दुईसय ६५ ले मात्र निर्धारित समयमा अमेरिकाको भिसा पाएका छन् ।

सन् २०२३ को डीभी लट्री पर्नेको भिसा २०२३ को सेप्टेम्बर ३० सम्म जारी हुन्छ। तर, यो वर्ष भने सेप्टेम्बर ७ देखि नै भिसा जारी गर्न बन्द गरिएको थियो । सामान्यत: अक्टोबरदेखि नै भिसा दिने सुरू गर्नुपर्नेमा २०२३ को अक्टोबर र नोभेम्बरमा कसैलाई पनि भिसा जारी गरिएको थिएन । डिसेम्बरदेखि भिसा जारी गर्न सुरू गरिएकोमा अगस्टसम्म मात्र भिसा दिइएको थियो ।

सन् २०२४ का लागि तीाहजार आठसय ६३ नेपालीले डीभी लट्री जितेका छन् । उनीहरूलाई अक्टोबरदेखि अमेरिकाले भिसा दिन थाल्छ । यीमध्ये कतिले भिसा पाउक्ने हुन् ?, त्यसको आधिकारिक तथ्याङ्क भने २०२४ को अक्टोबरमा मात्र सार्वजनिक हुन्छ।

अमेरिकाले हरेक वर्ष अक्टोबरको पहिलो सातादेखि एक महिनाको अवधि दिएर निश्चित देशका लागि डिभी लट्री खोल्दै आएको छ । नेपाल पनि डीभी लट्री भर्न पाउँने देशको सूचीमा छ । यो लक्की ड्रमा सहभागी भएर हरेक वर्ष हजारोैको संख्यामा भाग्यमानी नेपालीहरू अमेरिका आइरहेका छन् ।

पछिल्लो सात वर्षको तथ्याङक हेर्दा सन् २०१८ मा चारहजार ९७, २०१९ मा तीहजार छसय ३३, २०२० मा तीनहजार छसय ९६, २०२१ मा तीनहजार आठसय एक, २०२२ मा तीनहजार आठसय दुई, २०२३ मा तीनहजार आठसय आठ र २०२४ मा तीनहजार आठसय ६३ नेपालीलाई डीभी परेको देखिन्छ। तीमध्ये सबैले अमेरिकाको भिसा पाउँदैनन् । कतिपयले दाबी गरेअनुसारको कागजातको अभावमा भिसा पाउँदनन् भने कतिपय सातप्रतिशत कोटाको कारण भिसा पाउँदैनन् । सन् २०२३ मा भने कोटाको सात प्रतिशत नपुग्दै नेपालीलाई भिसा दिन बन्द गरियो । 

अमेरिकी अध्यागमन कानूनमा कुनै पनि एक देशले कुनै एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशतभन्दा बढी प्राप्त गर्न नसक्ने प्रावधान रहेको छ । 

 

प्रकाशित मिति: : 2023-09-30 07:52:00

प्रतिकृया दिनुहोस्