राजेश नेपाली र सुन्दर घिमिरे ‘युवा नेतृत्व अवार्ड २०२३’ बाट सम्मानित

सामाजिक अभियन्ता एवम् अनेरास्ववियुका पूर्वनेता राजेश नेपाली र अखिलका पूर्वनेता सुन्दुर घिमिरे श्रीलंकामा सम्मानित भएका छन्।

‘युवा नेतृत्व अवार्ड २०२३’बाट सम्मानित उनीहरूलाई शुक्रबार श्रीलंकाका पूर्वराष्ट्रपति मैथ्रिपाल सिरिसेनाले उक्त सम्मान प्रदान गरका हुन्।

उक्त अवर्डबाट संसारका ९ देशका सामाजिक अभियन्ता, राजनीतिज्ञ तथा कूटनितिज्ञहरूले प्राप्त गरेका छन्।

सम्मान वितरण कार्यक्रममा ३२ देशका तीन सय बढी व्यक्तित्वहरू सहभागी भएका थिए। उक्त कार्यक्रममा नेपालको तर्फबाट अनेरास्ववियु क्रान्तिकारीका सचिव बाबुराम नेपाली, राजेश नेपाली र सुन्दुर घिमिरे सभागी भएका थिए ।

प्रकाशित मिति: : 2023-09-30 22:05:00

प्रतिकृया दिनुहोस्