प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन्।
बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलगायतका विषयमा छलफल गरिने बताइएकाे छ।
प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आज बिहान निगमका पदाधिकारीसँग छलफलसमेत गरेका थिए।
नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासकाे मूल्य बढाएपछि सरकारकाे चाैतर्फी आलाेचना भइरहेकाे छ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीले मूल्यवृद्धिकाे विरोधमा प्रधानमन्त्री प्रचण्डले बाेलाएकाे सात दलकाे बैठक बहिष्कार गरेकाे छ।