बझाङ केन्द्रविन्दु भएर आज (शनिबार)मात्र दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शनिबार बिहान ११:४५ बजे ५.३ रेक्टर स्केलको र दोस्रोपटक अपराह्न १२ : ३२ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।
बझाङकाे सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर गत मंगलबार ६.३ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे। उक्त भूकम्पमा परेर एक जनाकाे मृत्यु हुनुका साथै एक दर्जन बढी घाइते भएका थिए।
त्यसयता बझाङ आसपास केन्द्रविन्दु भएर कयाैँ पटक भूकम्प गइरहेकाे छ।
त्यहाँकाे भूकम्पकाे क्षतिकाे अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारमात्र चैनपुर पुगेका थिए।