जुमको १२ औं शाखा उद्घाटन, ब्यूटी ‘कलेज’ खोल्ने उद्देश्य (भिडियोसहित)

लाखौ मानिसहरूलाई रोजगार दिइरहेको जुम ब्यूटी एकेडेमीले आफ्नो १२ औं शाखा उद्घाटन गरेको छ।

निरन्तर दुई दशकदेखि सौन्दर्य ‘हब’ रहेको एकेडेमीले शनिबार कौशलटारमा भव्य र सभ्यका साथ शाखा उद्घाटन गरेको हो। 

जुम ब्यूटी एकेडेमीका ब्रान्ड एम्बेसडर केकी अधिकारी तथा अभिनेता प्रकाश सपूतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

जुमले महिला स्वरोजगार र सशक्तिकरणको निम्ति महत्वपूर्ण भूमिका खेलेका प्रकाले बताएका थिए। जुमलाई आफूसँग तुलना गर्दै उनले भनेका थिए, ‘म र जुम संघर्षबिना यहाँसम्म आएको होइनौं। यो ठाउँसम्म पुग्नका लागि हामीले धेरै संघर्ष गरेका छौंँ। त्यसैले म र जुम उस्तै रहिछौं।’

‘सकम्बरी’ को गीत गाएर माहोललाई तताएका प्रकाशले अगामी दिनहरूमा पनि जुमले सफलताको पाइला टेक्ने विश्वास राखेका थिए। उनका अनुसार जसले संघर्ष गर्छ उसैले सफलताको शिखर चुम्छ।

त्यसैगरी नायिका तथा जुमकी एम्बेसडर केकीले जुम ब्यूटीसँग जोडिनु पाउँदा आफूलाई अत्यन्त खुसी लागेको र गौरवान्वित महसुस भएको समेत बताएकी थिइन्।

उनको अनुसार अन्य ब्यूटी पार्लरले सीप र रोजगारलाई नारामा मात्र सीमित राख्दा जुम ब्यूटी एकेडमीले भने यस कुरालाई व्यवहारमा उतार्दै सीप र रोजगारलाई महिला सशक्तिकरणमा परिणत गरेको बताइन्। 

उपत्यकाभित्र बालाजु, गोगंबु, कुपन्डोल, भक्तपुर, ग्वार्को, बौद्ध, बनेपा, बालाजु, स्वयम्भू, कंलकी, महाराजगञ्ज र कौशलटार गरी १२ वटा शाखा विस्तार गरिसकेको जुमले आगामी दिनमा छिट्टै नयाँ शाखा खोल्ने जुम एकेडेमीकी संस्थापक जुनु चक्रधरले बताइन्। 

‘साेचेको जस्तो महँगो छैन जुम’

कौशलटारमा आफ्नो १२ औं शाखाको उद्घाटन गर्न पाउँदा जुम परिवार धेरै नै खुसी भएकाे जुनुले बताइन्। उनका अनुसार कौशलटार आफूले  संघर्षको क्षेत्र हो।

‘कौशलटार मलाई आफ्नै घर जस्तो लाग्छ, त्यसैले यहाँ जुमलाई स्थापना गर्न पाउँदा धेरै खुसी छु’, बिएल नेपाली सेवासँग उनले भने, ‘आफ्नो पुरानो साथीहरूसँग भेट हुने कुराले पनि म धेरै उत्साहित छु।’ 

त्यसैगरी जुमका निर्देशक कृशप त्वानाबासुले पनि आफूलाई खुसी लागेको बताए। ‘जुमको १२ औं शाखा त्यतिकै स्थापना भएको होइन। यहाँसम्म आइपुग्नका लागि हामीले धेरै मेहनत गरेका छौं। त्यसैले आफ्नो काम देखेर खुसी लागेकाे छ’, उनले भने।

जुमले १२ औं शाखा पैसा कमाउनका लागि नभई राेजगारी दिनका लागि स्थापना गरेकाे जुनुले बताइन्। उनका अनुसार जुमकाे शाखा खाेलिनु भनेकाे अन्य २० जनाले राेजगार पाउनु हाे र हजाराैं जनाले सीप सिक्ने अवसर पाउनु हाे।

‘मानिसहरूले जुमले शाखा खोल्यो, पैसा कमायो भनेर सोच्नुहुन्छ तर त्यस्तो होइन। जुमको शाखा स्थापना हुनु भनेको रोजगारको अवसर पाउनु हो’, उनले भनिन्, ‘हामीले कौशलटारमा पैसा कमाउनका लागि भन्दा पनि रोजगार र सेवा सुविधा दिनका लागि जुमको १२ औं शाखा स्थापना गरेका हौं।’ 

कौशलटारमा जुमको शाखा स्थापना गर्नुको मुख्य कारण नै ग्राहकहरूको सहजीकरण रहेको उनको भनाइ छ। ‘अब यहाँका मानिसहरू जुमको सेवा लिनका लागि काठमाडौं पुग्न पर्दैन’, जुनुले बताइन्।

नेपालकाे चर्चित ब्यूटी एकेडेमी हाे, जुम। त्यसैले ग्राहकलगायत विद्यार्थीहरूले संस्थालाई महँगाे साेच्छन्। तर त्याे साेचाइ गलत भएकाे संथापन चक्रधर बताउँछन्। उनकाे अनुसार साेचेको जस्तो महँगो छैन जुम।

‘कतिपय मानिसहरूले जुमलाई महँगाे साेच्नछन्। तर त्याे दृष्टिकाेण गलत छ किनकी जुम महँगाे छैन। अरू ब्यूटी पार्लरहरूले सेवा गरेकाे जति पैसा लिन्छ, जुमले पनि त्यहीअनुसार नै चार्ज गर्छ तर जुमले सेवा दिने गुणस्तरीय छ’, भविष्यमा ब्यूटीसियन बन्न चाहनेहरूका लागि जुम बेस्ट एकेडेमी भएकाे उनी दाबी गर्छिन्, ‘नेपालमा धेरै ब्यूटी पार्लरहरू छन्। सबै ठाउँमा राम्राेसँग बुझेर जुममा पनि एकपटक बुझ्नुहाेस्। तपाईंहरूले आफैंले जुमको विशेषता बुझ्नु हुनेछ।’ 

ब्यूटी ‘कलेज’ जुमकाे ड्रिम प्रोजेक्ट

२१ वर्षदेखि निरन्तर ब्यूटी सेक्टरमा याेगदान दिइरहेकाे जुमले ब्यूटी ‘कलेज’काे सपना देखेकाे निर्देशक कृशप बताउँछन्। उनका अनुसार ब्यूटी पनि मानिसकाे एक अहक हिस्सा हाे। त्यसबारे पनि जानकारी लिन जरूरी छ। 

‘हाम्राे ड्रिम प्रोजेक्ट भनेकै ब्यूटी कलेजकाे स्थापना गर्नु हाे। सफल हुन्छाैं या हुँदैनाैं त्याे त थाहा छैन तर काेशिस गरिरहेका छाैं’, उनी भन्छन्, ‘हाम्राे उद्देश्य भनेकै करिअर एजुकेश र करिअर डेभ्लमेन्ट हाे।’

अहिले नेपालीहरूकाे विदेश जाने माेह बढिरहेकाे छ तर जुमले भने नेपालमै बसेर नेपालीहरूलाई सक्षम बनाइरहेकाे छ। त्यहीकारण जुमले दुई दशकदेखि मानिसहरूलाई राेजगार दिँदै आत्मनिर्भर बनाइरहेकाे छ। 

नेपालमा सम्भावना नदेखेर विदेश पलायन भइरहेका नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई उनी भन्न चाहन्छन्, ‘नेपालमा संघर्ष गर्ने हाे भने जति पनि सम्भावना छ। यदी नेपालमा सम्भावना नभएकाे भए जुमले के गरिरहेकाे छ त? मेहनत गर्नुपर्छ सफलता अवश्य हासिल हुन्छ।’

 ‘जुमले दिएको अवसरले खुसी छु’

जुा ब्यूटी एकेडेमीको १२ औं शाखाको म्यानेजर बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्, विशेषता मगर। 

कुनैबेला सिकारुको बनेर जुम भित्रिएकी उनी अहिले सयौं जनालाई सिकाइरहेकी छिन्। उनी भन्छिन्, ‘यो सबै जुमले दिएको उपहार हो। यदी म अहिले सफल भएकी छु भने त्यो सबैले जुमले मलाई गरेको विश्वास हो।’ 

यसअघि बनेपा शाखाकी म्यानेजर विशेषता जुमलाई भन्न चाहन्छिन्, ‘सर्वप्रथम त जुमका सर र म्यामलाई मनदेखि नै धन्यवाद दिन चाहन्छु किनकी उहाँहरू नहुनु भएको भए आज म यो ठाउँसम्म पुग्दिन थिएँ।’ 

सीपका साथै रोजगार दिँदै आइरहेको जुमले ब्यूटीसियन बन्न चाहनेहरूलाई गुणस्तरीय तालिम सिकाउने र अवसर दिने उनको दाबी छ। त्यसैले उनी मेकअप आर्टिसमा भविष्य बनाउन खोज्नेहरू जुम आउन आग्रह गर्छिन्। 


२१ वर्षदेखि निरन्तर सौन्दर्य क्षेत्रमा आफूलाई चिनाउन सफल जुम ब्यूटी एकेडेमीमा सेवा तथा तालिम सिक्ने इच्छुकहरूले यो  9851031053, 9851166850 नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ। 

प्रकाशित मिति: : 2023-10-08 12:56:00

प्रतिकृया दिनुहोस्