काभा पुरुष भलिबल कपको उपाधि घरेलु टिममा श्रीलंकाले जितेकाे छ।
आइतबार श्रीलंकाको कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा भएकाे खेलमा श्रीलंकाले उज्वेकिस्तानलाई ३-० काे सोझो सेटमा पराजित गर्दै जित हात पारेकाे हाे। श्रीलंकाले पहिलाे सेटमा २५–१४, दोश्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–२३ ले आफ्नो पक्षमा पर्दै जितेकाे हाे।
साे प्रतियाेगितमा नेपालले बंगालादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा हराएको थियाे भने श्रीलंका र उज्वेकिस्तानसँग समान ३–० र साउदी अरेबियासँग ३–२ को सेटमा पराजित भएको थियो।
प्रतियाेगितमा नेपालसहित श्रीलंका, बंगलादेश, अफगानिस्तान, साउदी अरेबिया र उज्वेकिस्तानले सहभागिता जनाएकाे थियाे।