एकदिवसीय विश्वकप: आज अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दै

भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज (साेमबार) अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। यी दुई टाेलीबीचकाे प्रतिस्पर्धा दिउँसाे २ : १५ बजे भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनऊमा हुनेछ।

जारी प्रतियाेगितामा जितविहीन अवस्थामा रहेकाे अस्ट्रेलिया अंक तालिकाकाे पुच्छारमा रहेकाे छ।

त्यस्तै श्रीलंका पनि जितविहीन रहँदै अंक तालिकाकाे ८औँ स्थानमा रहेकाे छ।

त्यसैले दुवै टाेली पहिलाे जितकाे खाेजीमा छन्।

प्रकाशित मिति: : 2023-10-16 06:55:00

प्रतिकृया दिनुहोस्