बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ।

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ।

सहलेशका लागि एक विरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोलेका थिए। सिराहाकै फोडेफोफोनाको पासमा हरि कार्र्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई शून्य बनाएका हुन्। 

विलाल घलानको पासमा सिराहाका फोफोना ईभ्राईनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पुर्याउन सफल हुनुभएको थियो। खेलको पहिलो आधा तीन शून्य भएको खेलको दोस्रो आधामा सिराहाकै फोफोना ईभ्राईनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल भए।

युकेएफसी भारतले सलहेस युवा क्लब सिराहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो। खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाउन सफल दिएका थिए।

खेलका म्यान अफ द म्याच  सहलेस सिराहाका फोफोना इभ्राइम घोषित हुनुभयो। मङ्गलबार रारा फुटबल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाइज काठमाडौँकाबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ।

प्रतियोगितामा विजेताले नगद रु आठ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। उपविजेताले नगद रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद रु पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2023-10-16 20:51:00

प्रतिकृया दिनुहोस्