विश्वकप क्रीकेट: अस्ट्रेलियाको पहिलो जित

आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई ५ विकेटले हराउदै पहिलाे जित हात पारेकाे छ। 

साेमबार श्रीलङ्काले दिएकाे २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर पुरा  गर्यो। अस्ट्रेलियाका लागि जोस इङ्लिसले सर्वाधिक ५८ रन बनाए। त्यस्तै ओपनर मिचेल मार्सले ५२ तथा मार्नस लाबुस्चेनले ४० रन बनाए।

श्रीलङ्काकाे लागि  दिल्सान मधुशंकाले ३ तथा दुनिथ वेललागेले १ विकेट लिए। तेसअघि ब्याटिङ गरेको श्रीलङ्काले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो। श्रीलङ्काकाे लागि ओपनर पाथुम निशांकाले ६१ तथा कुशल परेराले ७८ रन बनाए। 

तेस्तै चारिथ अशलंकाले २५ रन बनाएर अाउट भए।उता, अस्ट्रेलियाको लागि एडम जाम्पाले ४ तथा मिचेल स्टार्क र प्याट कमिन्सले समान  २–२ विकेट लिए।

प्रकाशित मिति: : 2023-10-16 22:19:00

प्रतिकृया दिनुहोस्