त्रिकाेणात्मक टि- २० सिरिज: नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै 

नेपाल, युएई र हङकङबीचकाे त्रिकाेणात्मक टि- २० सिरिज आज (बुधबार)देखि सुरु हुँदैछ।

जसअन्तर्गत पहिलाे खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचकाे खेल मूलपानी क्रिकेट मैदानमा दिउँसाे १ बजेबाट सुरु हुँदैछ।

आइसीसी टि- २० विश्वकप एसिया छनोटको तयारीस्वरूप आयोजना गरिएको सिरिजका खेल काठमाडौँस्थित मूलपानी र त्रिवि क्रिकेट रंगशालामा हुनेछ।

प्रकाशित मिति: : 2023-10-18 08:09:00

प्रतिकृया दिनुहोस्