एक लाख ७० हजार तीनसय ८८ नेपालीले लिए अमेरिकाको ग्रिनकार्ड

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाको ग्रिनकार्ड लिने नेपालीको संख्या एकलाख ७० हजार तीनसय ८८ पुगेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्याङ्क हो यो । 

यो तथ्याङ्क आर्थिक वर्ष २०२२ सम्मको हो । आर्थिक वर्ष २०२३ को आधिकारिक तथ्याङ्क भने बाहिर आइसकेको छैन ।आर्थिक वर्ष २०२२मा १२ हजार १० नेपालीले ग्रीनकार्ड पाएका थिए । आर्थिक वर्ष २०२३ मा पनि कम्तीमा १० हजार नेपालीले ग्रीनकार्ड पाउक्ने हुँदा ग्रीनकार्ड पाउने नेपालीको संख्या एकलाख ८० हजारभन्दा उकालै नाघेको अनुमान गर्न सकिन्छ । 

अमेरिकाले अहिलेसम्म नेपालीले पाएको ग्रीनकार्ढलाई तीन खण्डमा बाँडेर सार्वजनिक गरेको छ ।

पहिले खण्डमा सन् १९८९ देखि २००२ सम्म ग्रीनकार्ड पाउँनेको संख्या उल्लेख छ । यस अविधमा अमेरिकाको ग्रीनकार्ड पाउँनेको संख्या पाँचहजार सातसय ७८ मात्र रहेको छ ।

दोस्रो खण्डमा आर्थिक बर्ष  २००३ देखि सन् २०१० सम्मको संख्या उल्लेख छ । यस कालखण्डमा ३१ हजार २२ नेपालीले अमेरिकाको ग्रीनकार्ड पाएका छन् ।

तेस्रो खण्डमा आर्थिक बर्ष  २०११ देखि सन् २०२२ सम्मको तथ्याङक् उल्लेख छ । यस कालखण्डमा एकलाख ३३ हजार पाँचसय ८८ नेपालीले अमेरिकाको ग्रीनकार्ड पाएका छन् ।

यसरी तीन कालखण्डमा बाँडिएको तथ्यांक हेर्दा पछिल्लो एक दशकमा अमेरिकी ग्रीनकार्ड पाउँनेको ग्राफ ठाडोे उकालो भएको देखिन्छ । मात्र ११ वर्षमा एकलाख ३३ हजार पाँचसय ८८ नेपालीले ग्रीनकार्ड लिनुले ठूलो संख्यामा नेपालीले अमेरिका बसाइ सरेको देखाउँछ ।

प्रकाशित मिति: : 2023-10-19 18:20:00

प्रतिकृया दिनुहोस्