पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित

AP Photo/Aijaz Rahi
AP Photo/Aijaz Rahi

भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित भएकाे छ। अस्ट्रेलियाले दिएकाे ३६८ रनकाे विशाल लक्ष्य पछ्याएकाे पाकिस्तान ४५.३ ओभरमा ३०५ रन बनाएर अलआउट भयाे।

पाकिस्तानले राम्राे सुरुवाती गरेता पनि मध्यक्रमका ब्याट्स म्यानहरुले चल्न नसक्दा पराजित हुन पुग्याे। पाकिस्तानका ओपनर अब्दुल्लाह शाफी र इमाम उल हकले अर्धशतक प्रहार गरेका थिए।

शाफीले ६४ र इमामले ७० रन बनाएर आउट भएपछि क्रिजमा आएका अन्य खेलाडीले मध्य प्रदर्शन गरे। माेहमद रिज्वान ४६ रन बनाएर आउट हुँदा कप्तान बाबर अजाम १८ रनमा आउट भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलिया ओपनर डेभिड वार्नर र मिचेल मार्शले सान्दार शतक प्रहार गरे। उनीहरुले २ सय ५९ रनकाे साझेदारी गरेका थिए। त्यसक्रममा मार्श १२१ र वार्नर १६३ रना बनाएर आउट भएका थिए।

अस्ट्रेलियका अन्य खेलाडीले भने सामान्य प्रदर्शन गरे।

प्रतिस्पर्धा अस्ट्रेलियाका वार्नर म्याच अफ दि प्लेयर बनेका छन्।

पाकिस्तानकाे याे लगातार दाेस्राे हार हाे। पाकिस्तान यसअघि आयाेजक भारतसँग पराजित भएकाे थियाे।

प्रकाशित मिति: : 2023-10-20 22:42:00

प्रतिकृया दिनुहोस्