हङकङविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

त्रिदेशीय टि– २० सिरिज अन्तर्गत आजकाे खेलमा नेपालले हङकङविरुद्ध टस जितेकाे छ। शनिबार मूलपानीकाे माथिल्लो क्रिकेट रंगशालमा नेपालले टस जितेर पहिला ब्याटिङ राेजेकाे छ।

नेपाल र हङकङबीचकाे खेल ११ बजेबाट सुरु हुँदैछ।

जारी सिरिजमा नेपाल र हङकङ दाेस्राे पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि भएकाे खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेकाे थियाे।

आज पनि नेपालले हङकङलाई पराजित गर्न सके कात्तिक १० गते हुने फाइनलमा एक खेल अगावै पुग्नेछ।

प्रकाशित मिति: : 2023-10-21 10:36:00

प्रतिकृया दिनुहोस्