हङकङविरुद्ध नेपालकाे मध्यम प्रदर्शन, सम्हाल्दै छन् कुशल र दीपेन्द्र

त्रिकोणात्मक टि- २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत हङकङ र नेपालबीचको जारी खेलमा नेपालले हङकङविरुद्ध मध्यम ब्याटिङ गरिरहेको छ।

शनिबार मूलपानी क्रिकेट रगंशालमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ ओभरमा ६७ बनाउँदा ४ विकेट गुमाएर खेलिरहेको छ। हङकङविरुद्ध नेपालले मध्यम ब्याटिङ गरिरहेकाे छ।

नेपालका ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएसँगै नेपालले खराब सुरुआत गरेको थियो।

त्यस्तै नेपालका लागि सोमपाल कामीले ८ रन बनाएर आउट भएका छन्। उनले जारी खेलमा एक चौका प्रहारसमेत गरे।

त्यस्तै नेपालका अर्का ओपनर आशिफ शेख २० रन बनाएर आउट भए। आशिफले जारी खेलमा ३ चौका प्रहार गरे।

नेपालका कप्तान रोहित पौडेल ११ रनमा आउट भएपछि नेपालको संकटमा परेकाे छ।

यद्यपि, अहिले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले नेपालकाे खेल लयमा ल्याउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-10-21 11:54:00

प्रतिकृया दिनुहोस्