अमेरिकामा ‘मास सुटिङ’  कम्तीमा १६ जनाको हत्या

File Photo
File Photo

अमेरिकाको मेन राज्यको ल्युस्टन सहरमा एकजना बन्दुकधारीले कम्तीमा १६ जनाको हत्या गरेका छन्। मेन राज्यको दोस्रो ठूलो सहर ल्युस्टनका विभिन्न ठाउँमा अन्धाधुन्ध गोली चलाएका थिए। 

यो ‘मास सुटिङ’मा अरु कम्तीमा ५० जनाभन्दा धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ। मेन राज्यको दोस्रो ठूलो सहर ल्युस्टनमा कम्तीमा ३८ हजार जनसंख्या छ। 

प्रहरीले संदिग्धको २ वटा तस्वीर सार्वजनिक गर्दै उनीहरू सहरभित्रै रहेको र अझ खतरा हुनसक्ने भन्दै सचेत रहन आमनागरिकलाई अपिल गरेको छ।

प्रहरीले अभियुक्त पक्राउ नपर्दासम्म घर बाहिर ननिस्किन पनि चेतावनी दिएको छ। प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त  ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको जनाएको छ।

त्यसका लागि सहरभरि सयौं प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2023-10-26 11:22:00

प्रतिकृया दिनुहोस्