टि- २० विश्वकप छनाेटकाे लागि नेपाली टाेली घाेषणा, सन्दीप पनि समेटिए

photo : can
photo : can

टि- २० विश्वकप एसिया छनाेटकाे लागि नेपाली राष्ट्रिय टाेलीकाे घाेषणा भएकाे छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बिहान राेहितकुमार पाैडेलकाे कप्तानीमा १५ सदस्सीय टाेली घाेषणा गरेकाे हाे।

टाेलीमा व्यक्तिगत कारण देखाउँदै त्रिकाेणात्मक टि- २० अन्तर्राष्ट्रिय सिरिज खेल्न अस्वीकार गरेका बलर सन्दीप लामिछानेलाई पनि टाेलीमा समेटेकाे छ।

उनी सँगै टाेलीमा कप्तान पाैडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जाेरा, गुल्सन झा, साेमपाल कामी, करण केसी, अविनाश बाेहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनाेद भण्डारी रहेका छन्।

विश्वकप छनाेट प्रतियाेगिता यही कात्तिक १३ गतेदेखि काठमाडाैँमा हुँदैछ। 

प्रकाशित मिति: : 2023-10-28 09:29:00

प्रतिकृया दिनुहोस्