टि- २० विश्वकप छनोट: नेपाल सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

आइसिसी टि- २० विश्वकपअन्तर्गत एसिया छनोटकाे पहिलाे खेलमा आज (साेमबार) नेपाल र सिंगापुर प्रतिस्पर्धा गर्दै छन्। खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

उच्च लयमा रहेकाे नेपाल आज सिंगापुरलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ।

यो प्रतियोगितामा ८ राष्ट्र सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान रहेकाे छ। भने, समूह बि मा हङकङ, कुवेत, युएई र बहराइन छन्।

आजै मूलपानि मैदानमा युएई र बहराइन बिहान ९ बजे खेल्दै छन। भने, साेही मैदानमा दिउँसाे १ : १५ बजे हङकङ र कुवेत प्रतिस्पर्धा गर्दै छन्।

यता कीर्तिपुर क्रिकेट मैदानमा दिउँसाे १ : १५ बजे ओमन र मलेसिया खेल्दै छन्।

प्रकाशित मिति: : 2023-10-30 06:48:00

प्रतिकृया दिनुहोस्