नेपाल टी-२० विश्वकपमा क्वालिफाइ हुन्छ: गुलशन झा

नेपाली राष्टिय क्रिकेट टोलीका खेलाडी गुलशन झाले नेपाल टी-२० विश्वकपमा क्वालिफाइ हुने बताएका छन्।

सिंगापुरमाथि सानदार जित हात पारेपछि पत्रकारसँगको कुराकानीमा उनले नेपाल शतप्रतिशत टी-२० विश्वकपमा छनाेट हुने बताए।

'नेपाल टी-२० विश्वकपमा हन्ड्रेड पर्सेन्ट छनोट हुन्छ', उनले भने।

सिंगापुरविरुद्धको खेलमा गुलशनले दुई विकेट लिएका थिए।

'टी-२० छनोट हाम्रो लागि एउटा ठूलो अवसर हो, नेपालले सन् २०१४ मा टी-२० खेलेको थियो', गुलशनले भने, 'घरेलु मैदानमा खेल्न अवसर पाउँदा समर्थककाे साथ रहन्छ।'

प्रकाशित मिति: : 2023-10-30 14:10:00

प्रतिकृया दिनुहोस्