नेपालले सस्तैमा गुमायाे ७ विकेट, १४ ओभरमा ८२ रनमात्र बनायाे

आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेट अन्तर्गतकाे खेलमा ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेकाे नेपालले १४.५ ओभरमा ७ विकेट गुमाएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेक मैदानमा ओमानले दिएकाे १४६ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले १४.५ ओभरमा ७ विकेट गुमाएकाे छ। नेपालले अहिले मात्र ८२ रन बनाएकाे छ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल २६ तथा आशिफ शेख ५ रनमा आउट भए।

त्यस्तै दाेस्राे नम्बरमा ब्याटिङमा आएका साेमपाल कामी पनि १२ रन बनाएर आउट भए। उनले १ छक्का र १ चाैका प्रहार गरे।

त्यस्तै कप्तान राेहितकुमार पाैडेल १२ रनमा आउट भए।

त्यस्तै कुशल मल्ल १० रनमै आउट हुन पुगे।

छैठाैँ विकेटकाे रुपमा गुल्सन झा ३ रनमा आउट भए। भने, साताैँ विकेटकाे रुपमा सुन्दीप जाेरा १२ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2023-11-02 11:55:00

प्रतिकृया दिनुहोस्