अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटअन्तर्गत नेपाल र यमनबीचको खेलमा खेल हेर्न आउने दर्शकलाई बसकाे सुविधा दिने तयारी गरेको छ।
समूह चरणको दोस्रो खेल नेपाल र यमनबीच मसिंर ५ गते दशरथ रगंशालामा बेलुका ७ बजेदेखि सुरु हुँदैछ। साेही खेलकाे लागि एन्फाले दर्शकलाई सुविधा दिन लागेकाे हाे।
चिसाेको समय र राति अबेर हुने भएकाले खेल हेर्न आउने दर्शकलाई बसको सुविधा दिने तयारी थालेको एन्फका प्रवक्ता सुरेश शाहले बताए।
'यसपालि हाम्रो खेल बेलुका ७ बजेबाट सुरु हुँदैछ, त्यसबेला चिसो हुन थाल्छ। साथै खेल ढिला सुरू हुने भएकाले हेर्न आउने दर्शकलाई अबेर नहाेस् भनेर हामीले बसको सुविधाको बारेमा निर्णय गरेकाे हाैँ', उनले भने।
यसअघि घरेलु मैदानमा आयोजना हुने खेलहरु ५ देखि ५:३० बजेको बीचमा सुरु हुने गर्दथो। तर, यसपटक मुख्य प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा खेल ७ बजेबाट सुरु हुन लागेकाे शाहले बताए।
उनले भने, 'हाम्रो घरेलु मैदानमा आयोजना हुने हरेक खेलहरु ५:३० बजेदेखि सुरु हुने गर्दथो। यसपटक प्रशिक्षक एनेसले नेपालाई फाइदा हुने गरी खेल बेलुका ७ बजे राख्न सल्लाह दिनुभयो, त्यहीअनुसार हामीले निर्णय लियौँ।'
उनले अघि थपे,'अब कुन कम्पनीबाट बस सेवा उपलब्ध गराउने भनेर हामी छलफल गरिरहेका छौँ।'
नेपालले घरेलु मैदानमा हुने यमनसँगको खेलअघि आउँदो कार्तिक ३० गते यूएईसँग यूएईकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्दैछ।