मुगु हत्या काण्डमा संलग्न आरोपीलाई सार्वजनिक गर्दै प्रहरी

File Photo
File Photo

मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ।

उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको हाे।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए।

यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक रुपमा हत्या गरिएको थियो।

हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत टोली खटिएको थियो।

प्रकाशित मिति: : 2023-11-10 12:56:00

प्रतिकृया दिनुहोस्