नवनियुक्त कप्तान इन्दु भन्छिन्- नयाँ जिम्मेवारीले उर्जा थपेको छ

File Photo
File Photo

नेपाली राष्टिय महिला क्रिकेट टोलीकी नवनियुक्त कप्तान इन्दु बर्माले नयाँ जिम्मेवारीले अझ धेरै उर्जा थपिएकाे बताएकी छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले  बिहीबार नयाँ कप्तानको रुपमा नियुक्त गरेपछि इन्दुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूलाई कप्तानको जिम्मेवारीमा दिएकोमा धन्यवाद व्यक्त गरेकी छन्।

'यस नयाँ जिम्मेवारीले अझ धेरै उर्जा थपिएको छ। अझ बढी जिम्मेवारी बोध भएको छ। नेपाली महिला क्रिकेटको भविष्यलाई विशेष प्राथमिकतामा राखेर गर्नुभएको यहाँहरुको यस महत्वपूर्ण निर्णयलाईआत्मसात गर्दै महिला टोलीलाई चाहिएको उचित नेतृत्वकारी भूमिका निर्वाह गर्न हरदम तयार रहेको विश्वास दिलाउन चाहन्छु,' इन्दुले भनेकी छन्।

उनले आफूले क्रिकेटको नयाँ अध्याय सुरु गर्न तयार रहेको बताएकी छन्। उनले भनेकी छन्, 'म नेपाली क्रिकेटको नयाँ अध्यायको सुरुआत गर्नका लागि तयार छु।' नेपाली पुरुष टिम जतिकै माया महिला टिमलाई पनि मिल्ने उनले विश्वास गरेकी छन्।

क्यानले उनलाई हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि बिहीबार १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गर्दै नयाँ कप्तानको नाम दिएको थियो।

प्रकाशित मिति: : 2023-11-10 14:51:00

प्रतिकृया दिनुहोस्