डा. बाबुराम भट्टराईको पार्टीले भूकम्प प्रभावितलाई दियो १० लाख

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ सयोग गरेको छ। 

समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रु. १० लाखको चेक  हस्तान्तरण गरेको हो। 

चेक हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भूकम्प प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी छिटो र प्रभावकारी रुंपमा गर्न आग्रह गरे। 

यही कार्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट–रूकुम पश्चिममा जनधनको क्षति भएको छ। 

प्रकाशित मिति: : 2023-11-13 09:45:00

प्रतिकृया दिनुहोस्