टिकटक बन्द गर्नु सरासर गलत- गगन थापा

सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारकाे निर्णयप्रति नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन्। सरकारकाे याे निर्णय लगत्तै महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्।

उनले टिकटकलाई नियम गर्नुकाे साटाे बन्द गर्नु सरासर गलत भएकाे बताएका छन्। ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्।

यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएकाे उनकाे भनाइ छ। उनले यस निर्णयलाई सच्याउनसमेत सुझाव दिएका छन्।

टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेकाे भन्दै आज बसेकाे मन्त्रीपरिषद् बैठकले तत्कालबाटै टिकटक बन्द गर्ने निर्णय गरेकाे छ।

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति: : 2023-11-13 13:59:00

प्रतिकृया दिनुहोस्